Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आज दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

आज दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं ।  काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेको छ । गएराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार