Online Nepal शनिबार, जेष्ठ ५ २०८१

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा बम नभएको पुष्टि, उडान सुचारु

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा बम नभएको पुष्टि, उडान सुचारु


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलको आन्तरिक उडान केहि समय बन्द भएको थियो ।

    फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए ।

    विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको प्रहरीले जनाएको  छ । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार