Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काभ्रेमा बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु, १८ जना घाइते

काभ्रेमा बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु, १८ जना घाइते


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं ।  काभ्रेको रोशी गाउँपालिका-११ बिपि राजमार्गमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।

    काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    काभ्रे प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई(७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् ।

    घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याईएको छ  ।

     

    प्रतिक्रिया
    थप समाचार