Online Nepal शनिबार, जेष्ठ ५ २०८१

चितवनमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या

चितवनमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या


मध्यान्तर
  • सोमबार, बैशाख २६ २०७९

  • काठमाडौं । चितवनमा एक जना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

    आइतबार बेलुकी करिब ७:३० बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय अनिल परियारको हत्या भएको प्रहरीले जनाएको छ।

    भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर खेलमैदान नजिकै परियारमाथि छुरी प्रहार भएको थियो।

    हतियार प्रहारबाट गम्भीर घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। चिकित्सकहरूल उनको मृत्यु भइसकेको बताएका थिए। अहिले उनको शव भरतपुर अस्पतालमा राखिएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले परियारमाथि हतियार प्रहार गर्ने समूहको खोजि भइरहेको जनाएको छ ।

    उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन। परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेको बताइएको छ। उनी नेपाली कांग्रेसनिकट थिए।

     

    प्रतिक्रिया
    थप समाचार