Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बन्द कोठा भित्र झुन्डिएको अवस्थामा भेटिईन् सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी

बन्द कोठा भित्र झुन्डिएको अवस्थामा भेटिईन् सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी


मध्यान्तर
  • मंगलबार, बैशाख २७ २०७९

  • काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

    उनी बिहान ६ बजे बन्द कोठा भित्र झुन्डिएको अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए । शाहले सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने उनले बताए ।

    सञ्जु केही समयअघि देखि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि स्वदेशमा भएको १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

     

    प्रतिक्रिया
    थप समाचार