Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कोरियामा नेपाली कामदारको डिम्याण्ड बढ्यो, २०१९ मा दशहजार भन्दा बढी कामदार लैजाने

कोरियामा नेपाली कामदारको डिम्याण्ड बढ्यो, २०१९ मा दशहजार भन्दा बढी कामदार लैजाने


मध्यान्तर
  • सोमबार, फाल्गुन २७ २०७५

  • काठमाडौं । दक्षिण कोरियाले नेपालबाट लैजाने कामदारको डिम्याण्ड बढाएको छ । उसले सन् २०१९ मा १० हजार भन्दा बढी नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मा आधारित भएर नेपालबाट कामदार लगिरहेको कोरियाले यस पटक अहिलेसम्मकै बढी कोटा तोकेको हो ।

    अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको ईपीएस कार्यालयले जनाएको छ । कर्यालयका अनुसार अब नियमित तालिकाअनुसार परीक्षा लिने तयारी हुँदैछ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ ।

    कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले दुईपटक अवार्ड दिइसकेको छ । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ ।

    कोरिया जाने युवाले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सन् २०१८ मा ८ हजार ५ सय ११ जना नेपाली पठाइएको थियो । गएको वर्षदेखि कोरियामा गई काम गरी फर्किआएकाहरूलाई कम्युटरमा आधारित परीक्षा (सीबीटी) बाट लिन थालेको छ । सीबीटीबाट पनि १२ सय कामदार गइसकेको ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार