Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

प्याव्सन अध्यक्षमा पुरी सर्वसम्वतले निर्वाचित, ढुंगाना सहध्यक्ष

प्याव्सन अध्यक्षमा पुरी सर्वसम्वतले निर्वाचित, ढुंगाना सहध्यक्ष


मध्यान्तर
  • बिहिबार, फाल्गुन ३० २०७५

  • काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले सर्वसम्मत निर्वाचित कार्यसमिति पाएको छ । सर्वसम्मत रुपमा टीकाराम पुरी अध्यक्षमा निर्वाचित भएका छन् । प्याव्सनको १४ औं महाधिवेशनले पुरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । पूर्व अध्यक्ष भोजबहादुर शाहले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

    सर्वसम्मत नेतृत्व र कार्यसमिति चयनको लागि मंगलबार राति र बुधबार अबेरसम्म छलफल चलेको थियो । अध्यक्षका प्रत्यासी रहेका डी. के. ढुंगानाले सह–अध्यक्ष बस्न तयार भएपछि कार्यसमिति नै सर्वसम्मत निर्वाचित भयो ।

    महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ तथा खुला उपाध्यक्षहरुमा ईश्वर बहादुर गुरुङ, डीआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरतबाबु कँडेल निर्वाचित भएका छन् । महासचिव पदमा कुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरे उपमहासचिव पदका उम्मेदवार थिए ।

    उपमहासचिव पदमा दुई जना आर बी कट्वाल र किशोर गौतम निर्वाचति भएका छन् । कोषाध्यक्षमा सन्तोषमणी न्यौपाने र सचिवहरुमा मधु लोहनी, शिव कार्की, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल ऐर, मदनकुमार आचार्य, राजेशकुमार दास निर्वाचित भएका छन् । त्यस्तै सह कोषाध्यक्षहरुमा मीनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का, गणेशबाबु पोख्रेल निर्वाचित भएका छन् ।

    महाधिवेशनले भूगोल अन्तर्गतका उपाध्यक्षहरु समेत सर्वसम्मतले निर्वाचित गरेको छ । प्रदेश १ बाट उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, प्रदेश २ बाट गोपाल कार्की, प्रदेश ५ बाट विष्णु पन्थी, कर्णाली प्रदेशबाट बामदेव कँडेल र सुदुरपश्चिम प्रदेशबाट जगवीर थापा निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकारहरुमा आशिष श्रेष्ठ र राजकुमार महर्जनलाई चयन गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार