Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कोरियन भाषा परीक्षाको आवेदन शुल्क घरमै बसि–बसि बुझाउन सकिने !

कोरियन भाषा परीक्षाको आवेदन शुल्क घरमै बसि–बसि बुझाउन सकिने !


मध्यान्तर
  • शुक्रबार, चैत्र ८ २०७५

  • काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन शुल्क घरमै बसिबसि बुझाउन सकिने भएको छ । यसपटकदेखि परिक्षा आवेदन शुल्क बुझाउन बैंकमा लाइन बस्न नपर्ने गरी व्यवस्था गरिएको छ । परीक्षार्थीले घरमै बसीबसी आईएमई–पे र ई–सेवाबाट शुल्क बुझाउन सक्छन् । आवेदन फारम पनि अनलाइनबाट नै भर्न सकिने सुविधा मिलाइएको छ ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत शुक्रबारबाट खुला भएको कोरियन भाषा परीक्षाको आवेदन फारम चैत १७ गतेसम्म भर्न सकिन्छ ।

    परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै आईएमई–पे र ई–सेवाबाट पनि शुल्क बुझाउन मिल्ने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए । आईएमई–पे र ई–सेवामार्फत २० हजारभन्दा बढीले शुल्क बुझाइसकेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

    परीक्षार्थीले कोरियन भाषा परीक्षाका लागि २४ डलर बराबरको शुल्क बुझाउनुपर्छ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

    आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

    अनलाइन फारम भर्न https://eoers.epsnepal.gov.np/ मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

    प्रतिक्रिया
    थप समाचार