Online Nepal मंगलबार, बैशाख १८ २०८१

एनएमबि बैंक र विन्ड पावर नेपालबीच समझदारी

एनएमबि बैंक र विन्ड पावर नेपालबीच समझदारी


मध्यान्तर
  • बिहिबार, जेष्ठ २६ २०७९

  • काठमाडौं । एनएमबि बैंकले विन्ड पावर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउने जनाइएको छ ।

    हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ ।
    उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।

    एनएमबि बैंकले एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
    यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पुर्‍याउँदै आएको छ ।

    बैंकले दिगो बैंकिङ्गमा अग्रणी बैंकको रूपमा आफुलाई थप सुदृढ गर्दै आईएफसी कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानी कार्यविधि, र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार