Online Nepal बुधबार, बैशाख १२ २०८१

मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन

मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन


मध्यान्तर
  • सोमबार, जेष्ठ ३० २०७९

  • काठमाडौं । प्रतिनिधिसभाले किसानलाई  मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    सोमबार नेकपा एमालेले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि प्रतिनिधिसभाले सरकारलाई यस्तो निर्देशन दिएको छ ।

    ‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रक समस्या समधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ छलफलपछि प्रतिनिधिसभाले पारित गरेको प्रस्तावमा भनिएको छ ।

    यो प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । धानबाली लगाउने समयमा पनि रासायनिक मल उपलब्ध नभएको विषयमा प्रतिनिधिसभाले गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार