Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मलेशिया रोजगारीः कलिङ भिसा आएका कामदारलाई श्रम स्वीकृति दिने सरकारको तयारी

मलेशिया रोजगारीः कलिङ भिसा आएका कामदारलाई श्रम स्वीकृति दिने सरकारको तयारी


मध्यान्तर
  • बुधबार, चैत्र १३ २०७५

  • काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालेको छ । मलेसियासँग भएको श्रम समझदारी अनुसार कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्विकृति दिने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    मलेसिया जाने कामदारलाई विभिन्न बाहनामा थप शुल्क लगाएर ठगी गरिएको भन्दै अर्को व्यवस्था नभएसम्म सरकारले गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति बन्द गरेको थियो । विभिन्न विचौलिया संयन्त्रमार्फत कामदारलाई सिन्डिकेट लादेर ठगी भएको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले ठगी गर्नेमाथि कारवाही चलाएका थिए । मन्त्री विष्टले चालेको कदम पछाडी कामदारले मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिनुनपर्ने र लागेको सबै शुल्क रोजगारदाताले बेहोर्ने गरी दुई देशबीच श्रम समझदारी भएको थियो ।

    समझदारीमा कलिङ भिसा आएकाहरुलाई तत्कालै जान दिने उल्लेख भएपनि कामदारलाई विचौलियाले ठगी गर्न सक्ने भन्दै नेपालले भिसा प्रक्रिया अघि बढाउन नसकिने अडान लिएको थियो । तर यसविचमा मलेसिया दूतावासको सिफारिसमा २० जना कलिङ भिसा पाएका कामदार मलेसिया उडेपछि सरकारले कलिङ भिसा आएका कामदारको विवरण उपलब्ध गराउन म्यानपावरहरुलाई निर्देशन दिएको थियो । मन्त्रालय स्रोतका अनुसार व्यवसायीले ७ हजार कलिङ भिसा आएका कामदारको सूची बुझाएपछि सरकारले कामदारलाई मलेसिया जान श्रम स्विकृति दिन लोगेको छ ।

    अब पहिलो चरणमा कलिङ भिसा आएका कामदारलाई मलेसिया पठाएर रोकिएको प्रक्रियालाई सुचारु गर्ने तयारीमा सरकार जुटेको हो । त्यस्तै सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार