Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल महिला टी-२० च्याम्पियनसिपको सेनिफाइनलमा प्रवेश

नेपाल महिला टी-२० च्याम्पियनसिपको सेनिफाइनलमा प्रवेश


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौँ । तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३।४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

    नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रनमा अविजित रहिन्। बहराइनकी पभिथ्र सेट्टी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए।

    यसअघि पहिले ब्याटिङमा आएको बहराइनले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएका थिए। वर्षाको कारण खेल सात ओभरमा खेलाइएको थियो।

    बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले दुई-दुई रन बनाएका थिए। नेपालकी कविता र सबनम राईले समान दुई विकेट तथा अस्मिना कर्माचार्यले एक विकेट लिइन्।

    समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

     

    प्रतिक्रिया
    थप समाचार