Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेपाल फिफाको १७६ औं स्थानमा

नेपाल फिफाको १७६ औं स्थानमा


मध्यान्तर
  • बिहिबार, असार ९ २०७९

  • काठमाडौं ।  फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ । यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।
    नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।

    नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार