Online Nepal शनिबार, बैशाख ८ २०८१

करको दर घटाउने वा बढाउने अर्थमन्त्रीको जिम्मेवारीभित्रैको कुरा हो : मन्त्री शर्मा

करको दर घटाउने वा बढाउने अर्थमन्त्रीको जिम्मेवारीभित्रैको कुरा हो : मन्त्री शर्मा


मध्यान्तर
  • सोमबार, असार १३ २०७९

  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैले राजीनामा मागे पनि आफूले राजीनामा नदिने बताएका छन्।  शर्माले जनता र देशको पक्षमा बजेट ल्याएको दाबी गरेका थिए। ‘जनताको पक्षमा, देशको पक्षमा बजेट ल्याएकोले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठेकोमा त्यही गर्नुपर्छ भन्ने होइन,’  सोमबार उनले राष्ट्रिय सभामा भने, ‘सही वा गलत इतिहासले पुष्टि गर्छ। बजेटबारे यो सरकार र म जिम्मेवारी लिन तयार छु।’

    बाहिरी मानिसले करका दर चलाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले आज पनि राष्ट्रिय सभामा अर्थमन्त्रीको राजीनामा मागेका थिए। अर्थमन्त्री बोल्ने बेला एमाले सांसदहरूले बैठक बहिष्कार गरेका थिए।

    शर्माले बजेटमा करको दर घटायो वा बढाउने अर्थमन्त्रीको जिम्मेवारीभित्रैको कुरा भएको बताएका थिए।

    ‘के अर्थमन्त्रीले बजेट नल्याएर अरू गर्नुपर्थ्यो त। यो अधिकार क्षेत्रभित्रको कुरा हो,’ शर्माले भने, ‘कथा बुनेर अर्कोतिर लग्नेभन्दा पनि बजेटमा लक्ष्य तोकिएको आँकडा छन्, कार्यान्वयनले जवाफ दिनेछ।’

    प्रतिक्रिया
    थप समाचार