Online Nepal सोमबार, बैशाख २४ २०८१

अष्ट्रेलियामा विजडम नाइट हुने

अष्ट्रेलियामा विजडम नाइट हुने


मध्यान्तर
  • मंगलबार, असार १४ २०७९

  • नेपाली सुगम गीत संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाको बिभिन्न शहरहरूमा गुन्जने भएकी छिन । विजडम नाइट नामक यो सांगितिक यात्रामा सिड्नीमा नै रहेगा गायक संजिब पराजुलील् पनि बेजोड सांगितिक प्रस्तुति पस्कने छन ।
    नेपालीहरूको महान चाड दशैको अबसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको विजडम नाइट सेप्टेम्बर १७ देखी सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम ऐजुकेशन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले गराएका छन -‘अष्ट्रेलियाको बिभिन्न शहरहरूमा रहनु हुने गीत संगीत अनुरागीहरूको चाह र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा संजिब पराजुलीले गीत – संगीत प्रस्तुत गर्नु हुने सांगितिक कार्यक्रमको आयोजना गर्न लागेका हौं -‘ कार्कीले जानकारी दिए ।
    उनका अनुसार कार्यक्रम पहिले १७ सेप्टेम्बरका दिन सिड्नीमा हुने छ त्यसपछी भने अन्य शहरहरूमा क्रमश यो सांगितिक कार्यक्रमको यात्रा अघि बढ्ने छ ।

    अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माँझ प्रस्तुत हुने अबसर मिलेकोमा गायिका पन्तले पनि खुशी ब्यक्त गरेकी छिन -‘ दशैको अबसरमा अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माँझ गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्न म आउंदै छु । हजूरहरू पनि आउंनु होला । संगै नाचौंला, गाउंला र रमाईलो गरौंला -‘ पन्तले आग्रह गरेकी छन ।

    प्रतिक्रिया
    थप समाचार