Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको फुटबल संघ क्युएफएको बधाई

एन्फा अध्यक्ष नेम्वाङलाई कतारको फुटबल संघ क्युएफएको बधाई


मध्यान्तर
  • बुधबार, असार १५ २०७९

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतारको फुटबल संघ क्युएफएले बधाई दिएको छ ।

    क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष बनेका थिए ।

    मंगलबारै फिफाले पनि नेम्वाङलाई बधाई दिएको थियो । बधाई दिने क्रममा कतारले एन्फासँगको बलियो सम्बन्धलाई निरन्तरता दिँदै अघि बढ्ने बताएको छ ।

    कतारले नेपालको फुटबल विकासका सहयोग पनि गर्दै आएको छ । जसमध्ये मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी पनि हुन् । नेपाली राष्ट्रिय फुटलब टिमका मुख्य प्रशिक्षक अलमुताइरको तलब खर्च क्युएफएले नै व्यहोर्दै आएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार