Online Nepal शनिबार, जेष्ठ ५ २०८१

कारमा गाँजा बोक्ने दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा

कारमा गाँजा बोक्ने दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा


मध्यान्तर
  • बुधबार, असार २२ २०७९

  • पर्सा । पर्सामा दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । । वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको बताएको छ ।

    उनीहरूले भारतीय नम्बर प्लेटकै कारमा राखेर गाँजा भारततर्फ लगिरहेको प्रहरीको भनाई छ ।

    प्रतिक्रिया
    थप समाचार