Online Nepal बिहिबार, चैत्र १५ २०८०

पशुपतिमा साउन २ गतेदेखि अतिरुद्री महायज्ञ हुँदै

पशुपतिमा साउन २ गतेदेखि अतिरुद्री महायज्ञ हुँदै


मध्यान्तर
  • शुक्रबार, असार ३१ २०७९

  • काठमाडौं। आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मकाति महायज्ञ सुरु हुँदैछ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन २ देखि साउत १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिईएको हो ।
    महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाईएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै क्यानडाबाट आएका डा. गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको बताए । विभिन्न स्थान र कार्यालयमा काम गर्ने क्रममा आफुलाई टाउको दुख्ने रोग लागेको पनि उनले सुनाए । निरन्तर दुख्ने टाउकोको उपचारको क्रममा योग र ध्यानबारे जानकारी पाएको भन्दै उनले योग र ध्यानले नै १५ वर्षे लामो टाउको दुख्ने समस्या निको भएको दाबी गरे ।
    उनले भने,‘नेपालमा आएर चिकित्सकहरुको सल्लाहनुसार योग र ध्यानबाट १५ वर्षसम्म दुखेको टाउको निको भयो ।’ ध्यानबाट नै सुख, समृद्धि र आनन्द प्राप्त गर्ने उनले सुनाए । गुरुले दिने ध्यानको ज्ञानले नै जीवन परिवर्तन हुने बताए ।
    विदेशमा नभएर नेपालमा नै हाम्रो कला र संंस्कृतिमा नै सुख, शान्ति र समृद्धि पाइने बताए । उनले भने,‘सुख, शान्ति र समृद्धि खोज्न नेपाल आएका हौं । यो महायज्ञले नेपालीलाई मात्र नभएर विश्वलाई नै फाइदा हुन्छ ।’
    वरिष्ठ प्रोफेसर डा.मेघनाथ पराजुलीले अध्यात्मिक बन्दा शान्ति पाइने बताए । आफु अमेरिकामा बसेपनि पुर्वीइ सभ्यताको बारेमा ज्ञान आर्जन गर्दै आएको सुनाए । अमेरिकामै पनि पूर्वीय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको उनले सुनाए । जो जहाँ बसेपनि मानिसको अन्तिम लक्ष्य भनेकै आफ्नो देशको संस्कार र अध्यात्मिक चिन्तन रहेको उनको भनाई छ ।
    उनले अध्यात्ममा भएको साधना, योग, प्रणामको ज्ञान र विज्ञानको ज्ञान मिसाएर अरुलाई प्रसार गर्न आफु अध्यात्मतिर लागेको सुनाए ।
    अतिरुद्री महायज्ञमा जो कोही पनि आउनसक्ने उनको भनाई थियो । उनी गोरखामा जन्मिएका हुन् । उनी विगत ३२ वर्षदेखि अमेरिकामा बस्दै आएको जानकारी दिए । बौद्धिक, शैक्षिक र प्रोफेसनल विधामा ख्याती प्राप्त गरिसकेपछि आध्यात्मिक बनेको बताए । पुर्विय सभ्यताको उत्कृष्ट रहेको उनको भनाई थियो । अमेरिकामा पनि पुर्विय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको जिकिर गरे ।
    स्याङ्जा जन्मेर युके बस्दै आएका उदय लम्सालले सुखको बहानामा विदेश पुगेको सुनाए । उनले आफू सुख खोजीको क्रममा २५ वर्ष पहिले आफू लण्डन पुगेको र अध्ययन सकेर पनि उतै व्यस्तता बढाएको सुनाए ।
    उनले खुशी खोज्ने क्रममा आफ्नो जिन्दगी दुःखको भुमरीमा फसेको महसुस गर्न थालेको सुनाए । ‘हामी आफुले आफ्नो रुपलाई चिन्न सकेनौं भने अपांग हुने रहेछौं ।’ उनले त्यसलाई खोज्दै आफू साथीहरुसँग जोडिन पुगेको र युकेमा पनि ५ सय जनाको संख्यामा महायज्ञ साधना गर्ने गरेको सुनाए । उनले पनि अब हुने महायज्ञमा सबैलाई उपस्थित हुन आग्रह गरे ।
    चितवनबाट अष्ट्रेलिया पुगेका निरञ्जन गर्तौलाले आफुले एकाउन्टेन्टको रुपमा काम गर्दै आएको सोचेको कुरा नपुगेपछि जगदगुरुहरुसँग जोडिन पुगेको र त्यहाँ पुगेपछि आफ्नो मनमा शान्ति छाएको सुनाए । जीवन जिउने तरिकाबारे जानकारी पाएलगत्तै जीवनमा परिवर्तन आएको पनि उनको भनाई छ । उनले पछिल्लो समयमा मानिसहरुको मनमा अशान्ति बढेको उनले बताए । महायज्ञमा सबै जना दिनको एक घण्टाको लागि भएपनि आउन र ज्ञान लिन आग्रह गरे ।
    मानिसहरु भौतिक र मानसिक रुपमा विचलित भइरहेको उनको भनाई छ । उनले भने,‘त्यसको लागि महायज्ञबाट ज्ञान लिनैपर्छ । संसार बुझ्नको लागि महायज्ञमा उपस्थित हुन आग्रह गर्दछु ।’
    यस्तै, २८ वर्षदेखि अमेरिका बस्दै आएका वासुदेव भण्डारीले योग शास्त्रबाट मात्र शरिर स्वस्थ हुने बताएका छन् । नेपाल सरकारले प्रत्येक वर्ष महायज्ञको आयोजना गर्नुपर्ने बताए । महायज्ञले मानिसमा प्रेमभाव पैदा हुने उनको दाबी छ । महायज्ञकै कारण यो संसार अडिएको पनि उनले उल्लेख गरे । उनले शास्त्रलाई कानुन बनाएरमात्र काम गर्दा विश्वमा शान्ति हुने गीतामा भनिएको कुरा सुनाए । नेपाललाई विश्वमा चिनाउन पनि महायज्ञको आयोजना गरिएको उनको भनाई छ । उनले पनि महान महायज्ञमा सबै नेपालीहरुलार्य उपस्थित हुन आग्रह गरे ।
    यस्तै, अतिरुद्रीका यज्ञ आचार्य डा.जगन्नाथ गुरागाँईले शिव तत्वको बारेमा प्रकाश पारेका थिए । उनले यो महायज्ञको आयोजना गरेर गुरुकुल र अध्यात्मिक परम्परामा जोड्ने प्रयास भएकोमा खुशी व्यक्त गरे । उनले शिवजीको अनेकौं प्रकारका पूजा रहेको सुनाए । उनले यस्तो महायज्ञले कल्याण्कारी तत्वलाई स्विकार र अकल्याणकारी तत्वलाई अस्विकार गर्न सिकाउने पनि सुनाए ।
    यस्तै, अतिरुद्री महायज्ञ मूल आयोजक समितिका संयोजक श्रीधर सापकोटाले अहिले अनुशासनहीन भएर मानिसहरु हिँडेको गुनासो पोखे । उनले भगवानबाट प्राप्त हुने कृपाको अभाव भएकोले अहिले खराब अवस्था आएको सुनाए ।
    सिद्धबाबाको संकल्पलाई आत्मसात गरेर आफूहरुले यस्तो अनुष्ठान गर्न लागेको सुनाए । उनले भने,‘जे÷जति गर्छौं, आफूहरु मुर्हतअनुसारनै गर्छौं । दैनिक ५ हजारलाई भोजनको व्यवस्थापन गरिएको छ । भक्तहरुलाई स्वतन्त्र रूपमा दर्शनको व्यवस्था गरिएको छ । त्यसको लागि भोलुन्टिएरको पनि व्यवस्था गरिएको छ ।’

    प्रतिक्रिया
    थप समाचार