Online Nepal बिहिबार, चैत्र १५ २०८०

ताइवान नजिक सैन्य अभ्यास गरिरहेको आखिर के चाहन्छ चिन ?

ताइवान नजिक सैन्य अभ्यास गरिरहेको आखिर के चाहन्छ चिन ?


मध्यान्तर
  • आइतबार, साउन २२ २०७९

  • एजेन्सि । ताइवानका विभिन्न स्थानमा चीनले जारी राखेको सैन्य अभ्यासलाई अमेरिकाले उत्तेजक र गैर जिम्मेवार भनेको छ।

    सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि रूष्ट बनेको चीनले लामो तथा छोटो दुरीका हतियार प्रयोग गरी ताइवानको समुन्द्री क्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ।

    ताईवानको शान्तिपूर्ण अवस्थामा खलल पुग्ने गरी बेइजङले स्थिति भड्काउने प्रयास गरिरहेको ह्वाइटहाउले आरोप लगाएका छन्।

    पेलोसीको उक्त भ्रमणलाई चीनले स्वीकार्न नसकेको र ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न खोजेको बुझ्नु चीनको गलत सोच रहेको ह्वाइट हाउसको भनाई छ।

    ह्वाइटहाउसका प्रवक्ताले ताइवानमा शान्ति र स्थिरता राख्ने अमेरिकीका प्रयासमा चीन बाधक बनिरहेको आरोप लगाउँदै चीनको उक्त प्रयासको विश्वले आलोचना गरेको बताएका छन्।

    ‘चीनका पछिल्ला गतिविधिहरू यथास्थिति परिवर्तन गर्ने चीनको प्रयासमा एक महत्त्वपूर्ण वृद्धि हो। जसले उत्तेजक, गैरजिम्मेवारपूर्ण र गलत अनुमान लगाउने जोखिम बढाउँछ,’ ह्वाइट हाउसका प्रवक्ताले भने।

    चीनियाँ जहाज र विमानहरूले हालै मात्रै ताइवानमा विभिन्न सैन्य सञ्चालन गरेको र केहीले मध्य रेखासमेत पार गरेको ताइवानको रक्षा मन्त्रालयले उल्लेख गरेको छ।

    शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको मन्त्रालयको दाबी छ।

    ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, ताइवानको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।

    ताईवानले पनि आफ्ना लडाकु विमानहरूलाई तयारी अवस्थामा राखेको बताएको छ। अमेरिकाको उक्त आरोपबारे चीनले केही प्रतिक्रिया नजनाए पनि सैन्य अभ्यास तत्काल नरोक्ने संकेत गरेको छ।

    यसअघि चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ।

    आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ।

    फाइल तस्बिर

    प्रतिक्रिया
    थप समाचार