काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको कर ‘आईएमई पे’बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरूलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको छ ।
सेवा सुरु भएसँगै नगरपालिकाका सेवाग्राहीले ‘आईएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आईएमई पेमार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर भुक्तानी गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरिले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संशाधनको समेत बचत हुने बताए ।