Online Nepal आइतबार, जेष्ठ ६ २०८१

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबाररु

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबाररु


मध्यान्तर
  • बिहिबार, साउन २६ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

    लष्अ
    बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो।

    प्रतिक्रिया
    थप समाचार