Online Nepal शुक्रबार, चैत्र १६ २०८०

पहिलो टिजरबाट विश्व बजारमा छुट्टै छाप छोड्न सफल चलचित्र ‘प्रेमगीत ३’ को दोश्रो टिजर सार्वजनिक

पहिलो टिजरबाट विश्व बजारमा छुट्टै छाप छोड्न सफल चलचित्र ‘प्रेमगीत ३’ को दोश्रो टिजर सार्वजनिक


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • काठमाडौं । पहिलो टिजरबाट विश्व बजारमा छुट्टै छाप छोड्न सफल चलचित्र ‘प्रेमगीत ३’ को दोश्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज भएको सो टिजरले दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

    नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ र कलाकार सुनिल थापा देखिएका उक्त टिजरका दृश्यहरुलाई मेकरले एकदमै मनमोहक तरिकाले प्रस्तुत गरिएको छ । दुख र सङकटमा परेका प्रजाहरुले नायक पाउँदाको खुसीलाई टिजरले देखाउन खोजेको छ ।

    असोजको ७ गतेबाट हिन्दी भाषामा भारतमा र नेपालमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ लाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशन गरेका हुन् ।

    भिडिओ:

    टिजर हिन्दी:

    प्रतिक्रिया
    थप समाचार