Online Nepal बिहिबार, बैशाख १३ २०८१

रणवीर सिंहसँग सहकार्य गर्दै नेपाली मोडल मुना गौचन !

रणवीर सिंहसँग सहकार्य गर्दै नेपाली मोडल मुना गौचन !


मध्यान्तर
  • बिहिबार, भाद्र ९ २०७९

  • काठमाडौं । लामो समयदेखि मुम्बईको मोडलिङ क्षेत्रमा संर्घषरत नेपाली मोडल तथा अभिनेतृ मुना गौचनले बलिउड नायक रणवीर सिंहसँगथ सहकार्य गरेकी छन् ।

    गौचनले हालै इन्स्टाग्राममा सेयर गरेको पोस्टले उनले बलिउडका अभिनेता रणवीरसँग सहकार्य गरेको देखिन्छ । मुनाले बिहीबार रणवीरसँगका दुइटा सेल्फीको फोटो हाल्दै रणवीरसँग केही प्राजेक्टमा सहकार्य गरेको संकेत गरेकी छन् ।

    फोटो पोस्ट गर्दै मुनाले क्याप्सनमा “छिट्टै’ लेखेकी छन् । उनले क्लापबोर्डसहित रणवीरलाई मेन्सन गरेकी छन् । क्लापबोर्डपछि मुनाले डब्लू पनि लेखेकी छन् । सायद यो उनको प्रोजेक्टको नाम हो । तर, उनले विज्ञापन वा चलचित्र केमा सहकार्य गरेको भन्ने कुरा भने खुलाएकी छैनन् ।

    नेपालबाट मोडलिङ यात्रा सुरु गरेकी उनी यतिबेला भने मुम्बईमा छिन् । मुम्बईका केही ठूला ब्रान्डका विज्ञापन, म्यागजिनको कभर गर्ल बनिसकेकी उनले केही एकाध म्युजिक भिडियो पनि खेलिसकेकी छन् ।

    यसका साथै उनी चर्चित भारतीय टीभी शो ‘एमटीभी सुपरमोडल अफ दी इयर’को सिजन २ मा पनि देखिएकी थिइन् ।

    प्रतिक्रिया
    थप समाचार