Online Nepal शनिबार, जेष्ठ ५ २०८१

 गीता सेन्चुरीले मौलिक तीज गित गाउदा सम्झना बुडाथोकीले माफी माग्नु पर्यो

 गीता सेन्चुरीले मौलिक तीज गित गाउदा सम्झना बुडाथोकीले माफी माग्नु पर्यो

गाली हैन गुनासो हो सबले मनमा लिनु है ?


kamala joshi
  • बिहिबार, भाद्र ७ २०७५

  • काठमाण्डौ  – पछिल्लो समय तीजका गितहरु बजारमा ल्याउने प्रतिस्पर्धा नै चलिरहेको छ । यसै शिलशिलामा चर्चित गायिका गिता सेन्चुरीको मौलिक तीज गित बजारमा आएको छ।गीतबाट पनि आफ्नो पृथक प्रस्तुतिको साथमा अशंख्य श्रोता एवम् दर्शकहरुको मन जित्ने आशा गर्छिन गायिका सेन्चुरी।प्रस्तुत गीतले बिकृति र विसंगतिको बिरुद्ध आवाज उठाएको छ ।

    ’तीजका गित नारीले गाउ भन्थे बुढापाकाले, छोरा मान्छे गायक भए तीजका भाकाले,, गाली हैन गुनासो हो सबले मनमा लिनु है , मैले बढी बोल्या भए क्षमा दिनु’ दिने है भन्दै गीतकै माध्यम बाट गायिका गीताले यदि आफुले गल्ति बोलेको भए क्षमा समेत मागेकी छिन् । भरत बराकोटीको शब्द र वसन्त थापाको लयमा सृजनाले सजिएको “क्षमा दिनु है” बोलको म्युजिक भिडियोमा गीतको भावअनुसार महिला मात्र समाबेस गरिएको छ ।

    मोडल सम्झना बुढाथोकीले नृत्य सहितको अभिनय बाट पनि बिकृति र विसंगति बिरुद्ध प्रहार भएको छ । गीता सेन्चुरिको स्वर लहरी बाट सुसजित यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राजेश घिमिरेले र सम्पादन बिष्णु शर्माले गरेका छन् । गीता सेन्चुरीको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई बसन्त थापाको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।सार्बजानिक भएको ५ दिनमै ५०औ हजार पटक हेरिएको उक्त गितले यसपाली तीजमा राम्रै सन्देश दिने अनुमान गर्न सकिन्छ।

     

    प्रतिक्रिया
    थप समाचार