Online Nepal बिहिबार, चैत्र १५ २०८०

एमालेमा फर्किने घोषणा गरेका तामाङलाई नेकपा एसले गर्‍यो कारबाही

एमालेमा फर्किने घोषणा गरेका तामाङलाई नेकपा एसले गर्‍यो कारबाही


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा (एमाले)मा फिर्ता हुने घोषणा गरेका तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तामाङले सोमबार प्रदेशसभामा विशेष समय माग गर्दै एमालेमा फिर्ता हुने घोषणा गरेका थिए । पार्टीको अनुशासान र मर्यादाविपरीत वैधानिक व्यवस्थाविरूद्ध संसद् बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उनका अनुसार तामाङलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न सिफारिस गरिएको छ । उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ । तामाङ एमाले विघटनपछि नेकपा (एकीकृत समाजवादी)मा गएका थिए । तामाङ सुदूरपश्चिम प्रदेशमा ६ महिनाअघि आर्थिक मामिला तथा योजनामन्त्री समेत भएका थिए ।

    एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालका अनुसार समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु पार्टी प्रवेशको कार्यक्रम छ ।

    प्रवेश गर्नेमध्ये तारालामा तामाङ बलियो जनआधार भएका नेता मानिन्छन् । तारालामा एमालेमा फर्किंदा त्यसको असर सत्ता गठबन्धनलाई समेत पर्ने सम्भावना छ । उनीहरुलाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु आगामी आज कञ्चनपुर जाँदैछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार