Online Nepal मंगलबार, बैशाख ११ २०८१

यस्तो छ राजको ‘कठै बिचरा’

यस्तो छ राजको ‘कठै बिचरा’


मध्यान्तर
  • सोमबार, भाद्र २० २०७९

  • चलचित्र अभिनय होस या म्यूजिक भिडियो अभिनय होस, राज कटुवाल जमेकै छन । नेपाली चलचित्र क्षेत्रको निती बनाउंने पदमा रहंदा पनि उनले कलाकारिताप्रतिको आफ्नो लगाबलाई छाडेका छैनन् । त्यस कारणले पनि बजारमा नेपाली कलाकरिताका लागि राजले दिएको र गरेको योगदानको तारिफ हुने गरेको छ ।

    यसै बीच राज गत हप्ताबाट नयां प्रस्तुति बोकेर नेपाली सांगितिक बजारमा छाएका छन ।ढिला आयो कडा आयो भने जस्तै वजनदार प्रस्तुति दिने तर, कुरेर दिने राजको बिशेषता फेरि एकपटक दोहोरिएको छ । यसैबीच राजले उत्कृष्ट उपस्थिति जनाएको म्यूजिक भिडियो बजारमा आएको छ । कठै बिचरा नामक यो भिडियोमा राजलाई महिला मोडलको रूपमा प्रमिला श्रेष्ठले साथ दिएकी छन भने गीतलाई प्रदाप दास र मेलिना राईले गाएका हुन ।   

    भिडियोमा राजले दिएको दमदार प्रस्तुती सांच्चै गजबकै रहेको छ । यस पटक उनी निकै चर्चा गर्न लायकको नृत्यका साथ भिडियोमा देखिएका छन । भिडियोमा अभिनय र नृत्यको क्षमताले राजलाई गएका भिडियोहरू भन्दा यो भिडियोले बजारमा झनै चर्चामा ल्याउंने देखिन्छ । यसमा उनले देखाएको उत्कृष्ट नृत्य यस अघि यसरी हेर्न पाइएको थिएन । यो भिडियो मार्फत राजले अभिनय मात्र होइन कि नृत्यमा पनि आफू बलियो रहेको प्रमाण पेश गरेका छन ।

    प्रतिक्रिया
    थप समाचार