Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जबरजस्ती करणी मुद्दामा पल शाहले पाए सफाइ तर बाल यौन दुरुपयोगमा भने दोषी ठहर

जबरजस्ती करणी मुद्दामा पल शाहले पाए सफाइ तर बाल यौन दुरुपयोगमा भने दोषी ठहर


मध्यान्तर
  • मंगलबार, भाद्र २१ २०७९

  • काठमाडौं । जबरजस्ती करणी मुद्दामा अभिनेता पल शाहले सफाइ पाएका छन् । मंगलबार नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् ।
    बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसला समेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
    नवलपुर जिल्ला अदालतबाट सफाइ पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाइ पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि मात्र उनी थुनामुक्त हुन सक्नेछ

    प्रतिक्रिया
    थप समाचार