Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बजाजको दसैँ, तिहार र छठ अफर सार्वजनिक

बजाजको दसैँ, तिहार र छठ अफर सार्वजनिक


मध्यान्तर
  • बुधबार, भाद्र २२ २०७९

  • काठमाडौं । हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैँ, तिहार र छठ अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले ‘यसपालिको चाड : उपहारसँगै स्वरोजगार’ भन्ने अफर ल्याएको छ । उक्त अफर स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि ल्याएको कम्पनीले जनाएको छ ।

    उक्त अफरमा ‘बजाज माक्समा सी’ वा ‘बजाज रे विएस ६’ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टीभी र सामसङ एफ२२ स्मार्टफोन पाउने जनाइएको छ ।

    कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले चाडबाडका अवसरमा रमाइला अफर ग्राहकहरूलाई प्रदान गर्ने लक्ष्यानुसार अफर सार्वजनिक गरेको बताए ।

    प्रतिक्रिया
    थप समाचार