Online Nepal आइतबार, जेष्ठ ६ २०८१

निर्दाेष छु, लिग सकिनासाथ नेपाल आउँछु : सन्दीप लामिछाने

निर्दाेष छु, लिग सकिनासाथ नेपाल आउँछु : सन्दीप लामिछाने


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपसँग क्यान निरन्तर सम्पर्कमा छन् । क्यानका कार्यबहाक महासचिव प्रशान्तविक्रम मल्ल र सन्दीपबीच कुराकानी भएको थियो । त्यसक्रममा सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘ऊ सम्पर्कमै छ । आफूमाथि लागेको आरोपचाहिँ झुटो हो भनेको छ । आफू निर्दोष भएको बताएको छ ।’

    सन्दीपले क्यानलाई कानूनी सहजीकरणका लागि गुहारेका छन् । ‘म लिग सकेर नेपाल आउँछु,’ सन्दीपलाई उद्धृत गर्दै उनले भनेका छन् ।

    सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्टइन्डिज पुगेका छन् । ३१ अगष्टबाट शुरू भएको सीपीएल १ अक्टोबरसम्म चल्नेछ । जमैका तल्लावाजमा अनुबन्धित सन्दीपले अहिलेसम्म टिमले खेलेका ३ वटा खेलमा प्लेईङ्ग ११ मा स्थान पाएका छैनन् । आज जारी म्याचमा पनि उनलाई टिमले बेञ्चमा राखेको छ ।

    सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा एक १७ वर्षीय नाबालिकाले जाहेरी दिएकी छन् । उनले आफूमाथि सन्दीपद्वारा पटक(पटक बलात्कार भएको जाहेरीमा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार