Online Nepal शुक्रबार, बैशाख २१ २०८१

यूनाइटेड सिमेन्टद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

यूनाइटेड सिमेन्टद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


मध्यान्तर
  • बुधबार, बैशाख २५ २०७६

  • काठमाडौं । यूनाइटेड सिमेन्ट्स कम्पनीले ललितपुरको लेलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

    यही बैशाख २० गते आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, स्थानीय समाजसेवी, अभिभावक सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महतको उपस्थिति थियो । यूनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ ।

    समाजमा रहेर उद्योग धन्दा सञ्चालन गरेपछि यहि समाजको हितका लागि विभिन्न कार्य गर्नै पर्दछ भन्ने अवधारणा बोकेर अघि बढेको यूनाइटेड सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।

    प्रतिक्रिया
    थप समाचार