Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कप्तान सन्दीप लामिछाने निलम्बन

कप्तान सन्दीप लामिछाने निलम्बन


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जबर्जस्ति करणीको आरोप लागेका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे ।

    विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​

    प्रतिक्रिया
    थप समाचार