Online Nepal बिहिबार, चैत्र १५ २०८०

आईएमईको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक विजेता सार्वजनिक

आईएमईको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक विजेता सार्वजनिक


मध्यान्तर
  • शनिबार, भाद्र २५ २०७९

  • काठमाडौं । दसैँ, तिहार, छठ जस्ता चाडपर्वका अवसरमा आईएमईले सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफरअन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक भएका छन् ।

    बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत विजेता सार्वजनिक गरिएको हो

    रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता घोषणा भएका छन् । विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    त्यस्तै, सेवाग्राहीहरू कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शीतलकुमार महतो, कृष्णकुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका हुन् । उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।

    अफर अनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार