Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सिड्नीमा बाबा ऐजुकेसनको साथ र सहयोग पाएपछी तग्रिंएको एक नेपाली बिध्यार्थीको जीबन

सिड्नीमा बाबा ऐजुकेसनको साथ र सहयोग पाएपछी तग्रिंएको एक नेपाली बिध्यार्थीको जीबन


मध्यान्तर
  • शनिबार, भाद्र २५ २०७९

  • शारिरीक अशक्तताका कारण सहयोग र साथको लागि याचना गरिरहेका एक नेपाली बिध्यार्थीले बाबा एजुकेशन कन्सल्टेन्सीका रबिन्द्रकुमार शर्माका कारण ठूलो सहयोग र साथ पाएका छन ।

    अष्ट्रेलियाको सिड्नीमा बिधार्थी जीबन बिताइ रहेका बिधार्थी सुवमकुमार सुनार एक्कासी बिराम परेपछी उनको हेरचाह र उपचार गर्ने कोही नभएपछी बाबाको पहलमा ति बिध्यार्थीको परिबारलाई सिड्नी बोलाइएको थियो । बाबाका रबिन्द्रकुमार शर्माको आग्रहमा अष्ट्रेलियामा रहेको नेपाली राजदूबासकी तात्कालीन काउन्सुलर द्रुपदा सापकोटा ,नेपाली बाणिज्यदूत दिपककुमार खड्का र गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुगंले दिनु भएको सहयोग सांच्चै बिर्सन नसक्ने कुरा शर्माले बताए -‘ प्रबासमा एउटा नेपाली बिध्यार्थीको लागि उसको पिडा, समस्या र ब्यथा हामीले बुझ्नु पर्छ । यो हाम्रो कर्तब्य पनि हो । हामी पनि बिध्यार्थीको रूपमा आएका थियौं र दुख के हो हामीलाई पनि थाहा छ । यस कारण पनि लामो समयदेखी अशक्त उनको लागि केही गर्न सकियो , यो नै राम्रो लागि ठूलो कुरा हो -‘ रबिन्द्रले भने ।

    बाबा ऐजुकेसनको पहलमा आफ्ना आमा बबी रानी सुनार र मामा सन्तोषकुमार बिक आफ्नो उपचारको लागि सिड्नी आएपछी सुबमले जिबनमा नै ठूलो कुरा पाएको अनुभूति गरेका थिए -‘ मेरो मनोबल मात्र बढेन कि अब मलाई केही हुंदैन भन्ने बिश्वास पलाएको छ । अशक्त हुंदा प्रबासमा परिबारको समिप भन्दा ठूलो औषधी अरू केही हुंदो रहेन छ । त्यो औषधीको लागि बाबा ऐजुकेसनका रबिन्द्रकुमार शर्मालाई मनबाटै धन्यबाद दिन चाहन्छु -‘ उनले भनेका छन । सिड्नीमा बिध्यार्थीकै रूपमा रहेकी सुबमकुमार सुनारकी दिदीले पनि ऐजुकेसन क्षेत्रमा बाबा जस्तो सहयोगी र मनकारी कन्सल्टेन्सीबाट पाएको साथ र सहयोगबाट भाईले राहत पाएकोमा बाबाप्रति आफू नतमस्तक भएको कुरा बताईंन ।

    प्रबासमा दुख पाएको आफ्नो सन्तानलाई हेरचाह गर्न आउंन पाएकोमा सुवमका आमा र मामाले पनि शर्मालाई धन्यबाद दिएका छन । नेपालीहरूको बाक्लो बस्ती रहेको अर्बन नेप्लिज कम्यूनिटीका अध्यक्ष पनि रहेका रबिन्द्रकुमार शर्मा लामो समयदेखी सामाजिक क्षेत्रमा हुने बिभिन्न कार्यमा साथ र सहयोग गर्ने र नेपालीहरूलाई पर्ने बिबिध समस्याको समाधानका निमित्त लागि पर्ने र यस्ता कार्यमा साथ र सहयोग गर्ने ब्यक्तिको रूपमा चिनिंदै आइएका छन ।

    प्रतिक्रिया
    थप समाचार