Online Nepal बुधबार, जेष्ठ २ २०८१

सप्तरीको विद्यालयमा सेनाले बनाइदियो पक्की मञ्ज

सप्तरीको विद्यालयमा सेनाले बनाइदियो पक्की मञ्ज


मध्यान्तर
  • सोमबार, बैशाख ३० २०७६

  • काठमाडौं । नेपाली सेनाले सप्तरीको काकनेश्वरी नगरपालिका–३ तारहीस्थित जनता माविको हाताभित्र पक्की मञ्ज निर्माण गरिदिएको छ ।
    भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच उक्त मञ्ज हस्तान्तरण गरे ।
    प्रमुख सेनानी कुँवरले विकट क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षाका साथ मञ्ज निर्माण गरिएको बताए । २०११ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयमा हाल ६ सय ५० छात्र–छात्रा अध्ययनरत छन् ।

    प्रतिक्रिया
    थप समाचार