Online Nepal बिहिबार, चैत्र १५ २०८०

अष्ट्रेलियाको सिड्नीमा नेपालीको अर्को कलेज ‘किंग्सफोर्ड ऐकेडेमी अष्ट्रेलिया’सन्चालनमा

अष्ट्रेलियाको सिड्नीमा नेपालीको अर्को कलेज ‘किंग्सफोर्ड ऐकेडेमी अष्ट्रेलिया’सन्चालनमा


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • पछिल्लो समय अष्ट्रेलियामा शिक्षा क्षेत्रमा नेपालीहरूको लगानी र आबद्दता बढ्ने क्रममा रहेको छ ।अष्ट्रेलियाकै बलियो र भरपर्दो आधार मानिएको शिक्षा क्षेत्रमा नेपालीहरूको शानदार उपस्थिति सांच्चै प्रशंसा गर्न लायकको रहंदै आएको छ । यसै क्रममा सिड्नीको मुटु टाउन हल नजिकै किंग्सफोर्ड ऐकेडेमी अष्ट्रेलिया नामक कलेज सन्चालनमा आएको छ ।

    सन २०१८ मा सिड्नीको सेन्ट्रल नजिक भिम खरेल र राज खनालले सन्चालनमा ल्याएको कलेज किंग्सफोर्ड इन्टरनेशनल इन्स्टिच्यूटको लोकप्रियतासंगै यो समूहले टाउंन हलमा पनि अर्को कलेजको स्थापना गरेका हो । टाउंन हल नजिक रहेको किंग्सफोर्ड ऐकेडेमी अष्ट्रेलियामा भिम र राजसंगै सुमित खनाल पनि सन्चालकको रूपमा रहेका छन भने यो कलेजको सिइओ सुमित हुन ।

    कलेजको औपचारिक उदघाटन समारोहमा कलेजका सन्चालकहरूले सबैको साथ र समर्थनले किंग्सफोर्ड अगाडि बढ्न सकेको कुरा बताए भने सन्चालक एबं सिइओ सुमित खनालले आगामी दिनमा यो कलेजले सबैको साथ र बिश्वास जित्ने काम आफ्नो समूहले गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली महाबाणिज्य दूत दिपक खड्काले बिदेशमा शिक्षा क्षेत्रमा नेपालीहरूको लगानी र संलग्नता अन्य देशका नागरिकहरुका लागि पनि प्रेरणा मिलेको भन्दै शुभकामना दिएका थिए । हाल सर्टिफिकेट फोर इन किचेन मेनेज्मेन्ट र डिप्लोमा हस्पिटालिटी मेनेज्मेन्ट बिषय अध्यापन गराइरहेको यो कलेजले आगामी दिनमा हेल्थ सम्बन्धि नयां कोर्सहरू सन्चालनमा ल्याउंने तयारी गरिरहेको छ ।                 राजन घिमिरे, सिड्नी(अष्ट्रेलिया )

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार