Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सन्दीप लामिछाने असोज २० मा नेपाल आइपुग्ने

सन्दीप लामिछाने असोज २० मा नेपाल आइपुग्ने


मध्यान्तर
  • शनिबार, असोज १५ २०७९

  • काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने भएका छन् ।

    शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेले नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका हुन् ।

    बलियो आशा र शक्तिका साथ  अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु,उनले भनेका छन्, नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।

    उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन्  ूछिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु, उनले भनेका छन् ।

    उनले आफ्ना शुभचिन्तकहरूलाई सम्बोधन गर्दै आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । आफू षड्यन्त्रको सिकार बनेको उनको जिकिर छ ।

    उनीमाथि एक नाबालिकामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार