Online Nepal आइतबार, जेष्ठ ६ २०८१

निलम्बित क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै

निलम्बित क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै


मध्यान्तर
  • बिहिबार, असोज २० २०७९

  • काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछाने आज बिहीबार नेपाल आउँदै छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।

    ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’

    प्रतिक्रिया
    थप समाचार