Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

युक्रेनको राजधानी किभमा मिसाइल आक्रमण, कम्तीमा ८ जना मारिए

युक्रेनको राजधानी किभमा मिसाइल आक्रमण, कम्तीमा ८ जना मारिए


मध्यान्तर
  • सोमबार, असोज २४ २०७९

  • काठमाडौँ । युक्रेनको राजधानी किभमा सोमबार बिहानै लगातार मिसाइल आक्रमण भएको छ । राजधानी शहर किभको बीच भागमै रुसी मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ८ जना मारिएको र २४ जना सर्वसाधारण घाइते भएको बताइएको छ ।

    पछिल्ला दिनहरूमा युक्रेनको जापोरिज्जालगायतका शहरमा रुसी आक्रमण तीव्र भएको छ । रुसले कब्जामा लिएका केही भूभाग युक्रेनी सेनाले फिर्ता लिएसँगै रुसी आक्रमण झन् तीव्र बनेको बताइएको छ । रुसले जनमतसंग्रह गरी युक्रेनका केही भाग रुसमा विलय गराएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिनाभन्दा धेरै भइसकेको छ । युक्रेनलाई अमेरिकालगायत पश्चिमा मुलुकहरूले लगातार सैन्य सहयोग गरिरहेका छन् । उता रुसले आणविक आक्रमणको चेतावनी दिँदै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार