Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अघिल्लो वर्षभन्दा महँगी ५.१५ प्रतिशत बिन्दुले बढी

अघिल्लो वर्षभन्दा महँगी ५.१५ प्रतिशत बिन्दुले बढी


मध्यान्तर
  • शुक्रबार, कार्तिक ४ २०७९

  • काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को भदौ महिनामा महँगी ५.१५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्षको सोही अवधिमा वृद्धि ५.१५ प्रतिशत विन्दुले वृद्धि भएको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा उपभोक्ता मुदास्फीति ८.६४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ ।

    गत आवको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको छ ।

    काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको भदौ महिनामा यी क्षेत्रहरूमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार