Online Nepal शुक्रबार, बैशाख २१ २०८१

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा


मध्यान्तर
  • शुक्रबार, कार्तिक ४ २०७९

  • काठमाडौं । हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एन २५० र एन १६० नयाँ बाइक सार्वजनिक गरेको हो ।

    पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको भन्दै यी दुईवटा बाइकले पनि बाइकिङ क्षेत्रको लागि फेरि नयाँँ मापदण्ड खडा गर्ने गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यू गोल्छाले बताए ।

    पल्सर एन २५०

    मोडर्न एरो डाइनामिक डिजाइन र सार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिस एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टी र स्टाइलिस लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालिक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको कम्पनीले दाबी गरेको छ ।

    साइड कभर र ट्यांक साइडको स्याटन ब्ल्याक फिनिसले ट्यांकको मेटालिक ग्लसलाई कम्प्लिमेन्ट गरेको छ । त्यस्तै, इन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले गर्दा आकर्षक देखिन्छ ।

    यसको २५० सीसीको डीटीएसआई आयल कुल्ड इन्जिनले २४५ पीएसको स्मुथ पावर र २१५ एनएमको टर्क र साथसाथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रस दिन्छ । यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउने कम्पनीले दाबी गरेको छ ।

    पल्सर एन १६०

    पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको पल्सर एन १६० मा डुअल च्यानल एबीएस सिस्टम प्रयोग गरिएको कम्पनीले जनाएको छ । जुन योभन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै, यसमा १६५ सीसी बीए ६ इन्जिन, एलईडी प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् ।

    यसअघि, कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टी लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

    यसमा बीएसभीआई कम्प्लाएन्ट १६५ सीसीको इन्जिन प्रयोग गरिएको छ । यसले ८७५० आरपीएममा १६ पीएसको पावर र ६७५० को आरपीएममा १४.६५ एनएमको टर्क निकाल्न सक्ने कम्पनीले जनाएको छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ । यसले फो भल्भ इन्जिन भएको पल्सर एनएस १६० सीसीभन्दा १.२ बीएचपी कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ ।

    मोनोसक रियर सस्पेन्सन, एलईडी प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ । साथै, यसमा पल्सर एन २५० कै जस्तै फिउल ट्यांक एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ ।

    यसको डुअल च्यानल एबीएस भर्सन ब्रुक्लिन ब्ल्याक सेडमा उपलब्ध छ । यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै, यसमा यूएसबी चार्जिङ पोर्ट, १४ लिटरको फिउल ट्यांक र गियर पोजिसन, समय, फिउल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि रहेको छ ।

    नेपाली बजारमा यी बाइकहरुको मूल्य क्रमशः चार लाख ८९ हजार ९०० र तीन लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार