Online Nepal बिहिबार, चैत्र १५ २०८०

‘कसौटी जिन्दगी की’ का अभिनेता सिद्धान्तको मृत्यु

‘कसौटी जिन्दगी की’ का अभिनेता सिद्धान्तको मृत्यु


मध्यान्तर
  • शुक्रबार, कार्तिक २५ २०७९

  • काठमाडौं । भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको मृत्यु भएको छ।

    भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्कआउटको क्रममा हृदयघात भएको थियो। उनलाई तुरुन्तै अस्पताल पुर्‍याइएको थियो। डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए।

    सिद्धान्त फिटनेसका सौखिन थिए। उनी सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडिओ पोस्ट गरिरहन्थे।

    उनले कुसुम, कसौटी जिन्दगी की, कृष्ण अर्जुन, आसमान तक क्या दिल मे हे, गृहस्थी जस्ता थुप्रै टेलिशृंखलामा काम गरेका छन्। उनी अन्तिम पटक ‘जिद्दी दिल माने ना’ मा देखिएका थिए।

    मुम्बईमा जन्मिएका सिद्धान्तले आफ्नो करिअरको सुरुआत मोडलिङबाट गरेका थिए। उनले सिरियल ‘कुसुम’ बाट टेलिभिजनमा डेब्यु गरेका हुन्।

    सिद्धान्तको व्यक्तिगत जीवन निकै विवादित रह्यो। उनले दुई पटक विवाह गरेका थिए। उनले सन् २००० मा इरा सूर्यवंशीसँग विवाह गरेका थिए भने उनीहरूले सन् २०१५ मा सम्बन्ध विच्छेद गरे। उनीहरूको एक छोरी छिन्।

    त्यसपछि उनले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए। उनीहरूको एक छोरा छन्।

    जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन्। यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउट गर्ने क्रममा हृदयघातका कारण मृत्य भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार