Online Nepal शुक्रबार, चैत्र १६ २०८०

नेपाल टेलिकमको नाफा दुई अर्ब २२ करोड, व्यापार घट्यो

नेपाल टेलिकमको नाफा दुई अर्ब २२ करोड, व्यापार घट्यो


मध्यान्तर
  • बुधबार, कार्तिक ३० २०७९

  • काठमाडौं । नेपाल टेलिकमले टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । टेलिकमले गत वर्ष पहिलो त्रैमासमा दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो ।

    टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ अर्ब ७ करोडको व्यापार गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा टेलिकमको व्यापार नौ अर्ब ७७ करोड थियो । टेलिकमको व्यापार गत वर्षको तुलनामा ७० करोड रुपैयाँले घटेको देखिएको हो ।

    १८ अर्ब चुक्ता पुँजी रहेको टेलिकमको रिजर्भमा ७९ अर्ब रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार