Online Nepal शुक्रबार, बैशाख ७ २०८१

नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


मध्यान्तर
  • शुक्रबार, मंसिर ९ २०७९

  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

    प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र व्यवसायी बनाउदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारका कार्यक्रमहरु संचालन बताए । सोहि क्रममा धनगढीमा यस कार्यक्रम आयोजना गरिएको उनले बताए ।

    कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए।

    कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।

    कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार