Online Nepal शुक्रबार, चैत्र १६ २०८०

बिरामीको शल्यक्रिया गरेर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु

बिरामीको शल्यक्रिया गरेर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु


मध्यान्तर
  • बिहिबार, मंसिर २२ २०७९

  • पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जनरल सर्जरी विभागका एक रेजिडेन्ट चिकित्सकको हृदयघातका कारण मृत्यु भएको छ । बुधबार राति शल्यक्रियामा संलग्न रहेर फर्किएका २५ वर्षीय डा. किरण श्रेष्ठको मृत्यु भएको हो ।

    पाँचथर घर भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जरी स्नातकोत्तर तह प्रथम वर्ष अध्ययनरत डा। श्रेष्ठको बुधबार निधन भएको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले पुष्टि गरे । उनका अनुसार बुधबार राति शल्यक्रिया संलग्न रहेका डा. श्रेष्ठले आफूलाई असहज भएको बताएपछि साथीले आवासमम्म पु¥याएका थिए । प्रा.डा. खत्रीका अनुसार त्यसअघि पनि डा। श्रेष्ठले आराम गर्दै काम गरेका थिए ।

    उनका अनुसार बुधबार राति शल्यक्रिया संलग्न रहेका डा। श्रेष्ठले आफूलाई असहज भएको बताएपछि साथीले आवासमम्म पु¥याएका थिए । प्रा.डा. खत्रीका अनुसार त्यसअघि पनि डा। श्रेष्ठले आराम गर्दै काम गरेका थिए ।

    कोठामा पुगेपछि अचानक बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इमर्जेन्सी पु¥याइएकोमा थप उपचार हुन नसकेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । डा .श्रेष्ठ प्रतिष्ठानमा आवासीय चिकित्सकका रुपमा सेवारत थिए ।

    प्रतिक्रिया
    थप समाचार