Online Nepal बिहिबार, बैशाख ६ २०८१

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङको ग्लोबल सीएसआर कार्यक्रम,सामसङ इनोभेसन क्याम्पसको उद्घाटन

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङको ग्लोबल सीएसआर कार्यक्रम,सामसङ इनोभेसन क्याम्पसको उद्घाटन


मध्यान्तर
  • बिहिबार, मंसिर २९ २०७९

  • काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर (CSR)  कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।

    यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउँछ।सामसङ इनोभेसन क्याम्पसको उद्घाटन नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए।

    पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा। शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा। शिवलाल भुसालको सहभागिता रहेको थियो।

    यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरकोलागि सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ। जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।

    प्रतिक्रिया
    थप समाचार