Online Nepal शनिबार, बैशाख ८ २०८१

सिड्नीबाट बिन्दुले भनिन् ‘ छ मलाई रमाइलो…’

सिड्नीबाट बिन्दुले भनिन् ‘ छ मलाई रमाइलो…’


मध्यान्तर
  • शुक्रबार, पुष १५ २०७९

  • प्रबासमा रहेता पनि नेपाली गीत संगीत क्षेत्रमा निरन्तर रूपमा लागि पर्दै आइरहेकी एक सर्जक हुन बिन्दु पौडेल । यतिबेला लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा रहंदै आएकी बिन्दुले अष्ट्रेलियाको बिभिन्न शहरहरूमा आयोजना हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आफ्ना दह्रो उपस्थिति पनि जनाउंदै आइरहेकी छिन । उनि अष्ट्रेलियामा समय समयमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना पनि गर्ने गर्दछिन ।

    यसैबीच बिन्दुको आबाज रहेको गीत ,काफलको दाना….’ ले यसअघि नेपाली सांगितिक बजार तताएको थियो भने अहिले उनि फेरि अर्को नया सांगितिक प्रस्तुति लिएर बजारमा आएकी छन । ‘छ मलाई रमाईलो’बोलको गित यसै साता बजारमा ल्याएकी बिन्दुलाई यो गितमा पुरूष आबाजमा हिमाल सागरले साथ दिएका छन भने भिडियोको मोडलमा सागर लम्साल क्षेत्री र बर्षा राउत रहेका छन । गीतको रचना र संगीत भने दिपक शर्माको रहेको छ । नेपाल रहंदा पनि नेपाली गीत संगीतमा लागि परिररेकी बिन्दुले यसरी प्रबासबाट पनि नेपाली गीत संगीतमा दिएको निरन्तरतालाई सांच्चै य्वागतयोग्य रूपमा मानिएको छ ।                                                          राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार