Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर


मध्यान्तर
  • शुक्रबार, पुष १५ २०७९

  • काठमाडौँ । भारतीय चर्चित क्रिकेटर ऋषव पन्त दुर्घटनामा परेका छन् । भारतको उत्तराखण्डको रुर्कीमा शुक्रबार भएको कार दुर्घटनामा परी क्रिकेटर पन्त गम्भीर घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    भारतीय पत्रिका दैनिक भास्करका अनुसार क्रिकेटर ऋषभ पन्तको कार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । पन्तको कार हरिद्वार जिल्लाको मंगलोर र नरसानको बीचमा दुर्घटनामा परेको थियो ।

    रुड़की सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि उनको अहिले देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । पन्तको टाउको र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । उनको ढाडमा पनि धेरै चोट लागेको छ । यद्यपि उनको अवस्था स्थिर रहेको र उनलाई दिल्ली रिफर गरिएको बताइएको छ ।

    ऋषभ पन्तको गाडी रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको थियो । त्यसपछि स्थानीयले पन्तलाई गाडिबाट बाहिर निकालेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार