Online Nepal शुक्रबार, चैत्र १६ २०८०

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लबसँग आबद्ध

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लबसँग आबद्ध


मध्यान्तर
  • शनिबार, पुष १६ २०७९

  • काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् ।

    म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७७ मिलियन पाउन्डमा सम्झौता गरेका हुन् । उनको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ ।

    रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर सफल भएन । अन्ततस् रोनाल्डो साउदीकै नासरसँग अनुबन्ध भए ।

    रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार