Online Nepal शनिबार, जेष्ठ ५ २०८१

रोकिएन सेयरबजार घट्ने क्रम, ४५ करोडको मात्रै कारोवार

रोकिएन सेयरबजार घट्ने क्रम, ४५ करोडको मात्रै कारोवार


मध्यान्तर
  • बिहिबार, जेष्ठ ३० २०७६

  • काठमाडौं । साताको अन्तिम कारोबार बिहिबार नेप्से २.९२ अंकले घटेर १ हजार २ सय ६९ दशमलव ५५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५४ अंकले घटेर २ सय ७१ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ ।

    यस दिन सर्वाधिक कमाउनेमा अरुण खोला जलविद्युत कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ । साथै सर्वा्धिक गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ ।

    यस दिन ११ वटा उपपरिसुचकहरुमा एउट समूह मात्र बढेको छ भने १० वटा समूह घटेका छन् ।

    प्रतिक्रिया
    थप समाचार