Online Nepal बिहिबार, चैत्र १५ २०८०

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई


मध्यान्तर
  • बुधबार, पुष २७ २०७९

  • काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

    लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ ।

    एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ९ रनमै समेटिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार